काठमाडौं । नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रालिले नयाँ प्रिमियम एसयूभी निसान टेकटन नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । यो गाडी नाइमा मोबिलिटी एक्स्पो २०२६ मा पहिलोपटक प्रदर्शन गरिनेछ । एक्स्पो साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुनेछ ।
कम्पनीका अनुसार, निसान टेकटनलाई विश्व बजारमा जुलाई ९, २०२६ मा सार्वजनिक गरिएको थियो । यसको डिजाइन निसानको लोकप्रिय एसयूभी निसान पेट्रोलबाट प्रेरित छ । गाडीमा आधुनिक लुक, एलईडी हेडलाइट र आकर्षक डिजाइन दिइएको छ ।
टेकटनमा टर्बोचार्ज्ड टर्बो टी१६० इन्जिन छ, जसले राम्रो पर्फर्मेन्स, छिटो एक्सेलेरेसन र इन्धन बचतमा सहयोग गर्ने कम्पनीको दाबी छ । गाडीमा फराकिलो केबिन र पर्याप्त बुट स्पेस भएकाले परिवार र लामो यात्राका लागि उपयुक्त मानिएको छ ।
सुरक्षाका लागि गाडीमा ६ वटा एयरब्याग, एडाप्टिभ क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, लेन किप असिस्ट, ब्लाइन्ड स्पट वार्निङ र ३६० डिग्री क्यामेरा जस्ता आधुनिक सुरक्षा सुविधा राखिएको छ । साथै, गुगल म्याप्स र गुगल असिस्टेन्टसहितको स्मार्ट कनेक्टिभिटी सुविधा पनि उपलब्ध छ ।
कम्पनीले एक्स्पोमा आउने दर्शकले निसान टेकटनलाई नजिकबाट हेर्न, यसको विशेषताबारे जानकारी लिन र कम्पनीका प्रतिनिधिसँग प्रत्यक्ष छलफल गर्न सक्ने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया