काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले डिम्याट तथा मेरो शेयर खाताको नवीकरण गर्ने प्रयोगकर्तालाई लक्षित गर्दै ‘१०० प्रतिशत उपहार’ योजना सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार योजनाअन्तर्गत खल्तीमार्फत डिम्याट तथा मेरो सेयर खाता नवीकरण गर्ने प्रयोगकर्तामध्ये हरेक १५ दिनमा १०० जना भाग्यमानीले आफूले तिरेको शुल्क बराबरको १०० प्रतिशत क्यासब्याक प्राप्त गर्नेछन्। यो योजना साउन महिनाको अन्त्यसम्म सञ्चालन हुनेछ ।
यसैबीच, सीडीएस एन्ड क्लियरिङ लिमिटेडले डिम्याट खाताको वार्षिक नवीकरण शुल्क साउन १५ गतेभित्र अनिवार्य रूपमा भुक्तानी गर्न आग्रह गरेको छ । तोकिएको समयभित्र शुल्क नबुझाए साउन १६ गतेदेखि डिम्याट खाता रोक्का हुन सक्ने जनाएको छ ।
डिम्याट खाता रोक्का भएपछि सेयर खरिद–बिक्री तथा अन्य पुँजीबजारसम्बन्धी कारोबार प्रभावित हुन सक्ने भएकाले समयमै नवीकरण गर्न कम्पनीले आग्रह गरेको छ ।
हाल डिम्याट खाताको वार्षिक नवीकरण शुल्क १०० रुपैयाँ र मेरो सेयर खाताको वार्षिक नवीकरण शुल्क ५० रुपैयाँ तोकिएको छ । प्रयोगकर्तालाई सहज र समयमै नवीकरण गर्न प्रोत्साहित गर्ने उद्देश्यले खल्तीले ‘१०० प्रतिशत उपहार’ योजना सञ्चालनमा ल्याएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया