कुमारी बैंकले २ लाख ५८ हजारभन्दा बढी संस्थापक शेयर बिक्री गर्ने

लोकपथ
7
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेडले २ लाख ५८ हजार २०९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याउने भएको छ ।

बैंकका अनुसार नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता हालका संस्थापक शेयरधनीलाई दिनुपर्ने भएकाले इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

शेयर खरिद गर्न चाहने संस्थापक शेयरधनीले काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार शेयरको मूल्य भने बिक्रेताले तोकेअनुसार हुनेछ । यदि तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट आवेदन नपरेमा बैंकले शेयर बिक्रीका लागि थप प्रक्रिया अघि बढाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?