काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कोषका कर्मचारीलाई विशेष बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले सम्झौता भएको छ ।
सम्झौतापत्रमा माछापुच्छ्रे बैंकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्धराज अर्याल र कर्मचारी सञ्चय कोषका तर्फबाट कायममुकायम सहप्रशासक भरतराज बस्तीले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार माछापुच्छ्रे बैंकले कर्मचारी सञ्चय कोषका कर्मचारीका लागि प्रिमियम सुविधासहितको तलब व्यवस्थापन खाता सञ्चालन गर्नेछ । यसमार्फत कर्मचारीहरूले सहज, सुरक्षित तथा आधुनिक बैंकिङ सेवाको लाभ लिन सक्ने बैंकले जनाएको छ ।
बैंकले तलब व्यवस्थापन खातासँगै बचत तथा निक्षेप, डिजिटल बैंकिङ, कर्जा, डेबिट तथा क्रेडिट कार्ड सेवा लगायतका विभिन्न बैंकिङ सुविधा पनि उपलब्ध गराउने जनाएको छ ।
माछापुच्छ्रे बैंकले सरकारी कार्यालयहरूको तलब व्यवस्थापन खाता सञ्चालनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै उक्त सहकार्यले संस्थागत बैंकिङ सेवाको विस्तार हुनुका साथै कर्मचारी सञ्चय कोषका कर्मचारीलाई थप गुणस्तरीय तथा प्रविधिमैत्री वित्तीय सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया