काठमाडौं । भेनेजुएलामा ठूलो भूकम्पपछि आपतकाल घोषणा गरिएको छ ।
आज बिहान काराकास नजिकै केही सेकेन्डको फरकमा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएको थियो । यस भूकम्पका कारण ठूलो मानवीय र भौतिक क्षति भएको अनुमान गरिएको छ।
सरकारले हजारौँ मानिसको मृत्यु भएको हुन सक्ने आशंका गर्दै देशमा आपतकाल घोषणा गरेको हो । कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रका नाममा सम्बोधन गर्दै राहत र उद्धार कार्यलाई तीव्र बनाउने घोषणा गरेकी छन् ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार मृत्यु हुनेको संख्या १० हजारभन्दा बढी पुग्न सक्ने सम्भावना पनि देखाइएको छ ।
भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया