काठमाडौं । स्ट्रेट अफ होर्मुज जलमार्ग बन्द हुँदा एक हजार २०० भन्दा बढी मालवाहक जहाजहरू अलपत्र परेको छ ।
एलियान्जका समुद्री प्रमुख जस्टस हेनरिकले बेलायती दैनिक फाइनान्सियल टाइम्सलाई महत्वपुर्ण जमार्गको बन्दले बिमा कम्पनीहरूका लागि जाँच केन्द्रहरूमा जोखिम वहनको ढाँचा परिवर्तन गरेकोसमेत जनाइएको छ ।
संयुक्त राज्य अमेरिका र इरानबीच सम्झौता घोषणा भएर स्ट्रेट अफ होर्मुज खोल्ने निर्णय पछि ढुवानी यातायात बिस्तारै सहज भएको जनाइएको छ ।
आधिकारिक तथ्याङ्कले यस अघिकोे हप्तामा ६९ वटा जहाजहरू खाडीबाट बाहिर निस्किएको देखाएको छ जुन एक हप्ता अघि मात्र २४ वटा थिए भने फेब्रुअरीमा द्वन्द्व भड्किए पछिको सबै भन्दा बढी साप्ताहिक ढुवानीको मात्रा यहि भएको जनाइएको छ ।
द्वन्द्वका कारण गम्भीर हताहतका कारण मानविय क्षती र आर्थिक नोक्सान हुनुका साथै लामो समय सम्म समुन्द्र क्षेत्रमा रहनु परेकाले चालक दलका सदस्यहरुमा सङ्कट ल्याएको जनाइएको छ ।
अन्तर्राष्ट्रिय सामुद्रिक सङ्गठनका अनुसार द्वन्द्वका कारण १४ जना डुंगा चालकहरुको मृत्यु भएको छ भने ४० वटा भन्दा बढी जहाजहरूमा क्षेप्यास्त्र आक्रमण भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया