भनेको माने इरानलाई धेरै फाइदा हुनेछ : जेडी भान्सले

लोकपथ
56
Shares

काठमाडौं । अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले इरानसँगको नयाँ प्रारम्भिक समझदारी सफल भएमा इरानलाई फेरि विश्व अर्थतन्त्रमा जोड्ने बाटो खोल्न अमेरिका तयार रहेको बताएका छन् ।

फक्स न्युजसँगको एक कार्यक्रममा उनले ट्रम्प प्रशासनको प्रस्तावित सम्झौताको तुलना पूर्वराष्ट्रपति बराक ओबामाको समयमा भएको सम्झौतासँग गरेका थिए । उनका अनुसार ओबामाको समयको सम्झौता असफल भएको थियो भने अहिलेको प्रस्ताव त्यसको विपरीत छ ।

भान्सले भने, ‘अहिलेको सम्झौताअनुसार इरानले परमाणु हतियार बनाउन पाउने छैन । ’ साथै, उनले युरेनियम संवर्द्धन वा भण्डारण पनि गर्न नपाउने बताए ।

उनका अनुसार यदि इरानले सम्झौताका सर्तहरू पालना गर्छ भने उसले विभिन्न आर्थिक लाभ पाउन सक्छ । तर सर्तहरू पूरा नगरेमा कुनै लाभ नदिइने उनले स्पष्ट पारे ।

भान्सले इरानले जिम्मेवार व्यवहार देखाएमा होर्मुज स्ट्रेट खुला रहने पनि बताए ।

उनले शुक्रबार स्वीट्जरल्यान्डमा इरानसँग युद्ध अन्त्यसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको जानकारी पनि दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?