असममा भारतीय वायु सेनाको एएन-३२ विमान दुर्घटनाग्रस्त, पाँच जनाको मृत्यु

लोकपथ
70
Shares

काठमाडौं । भारतको उत्तर–पूर्वी राज्य असममा शनिबार भारतीय वायु सेनाको एएन–३२ सैन्य परिवहन विमान दुर्घटनाग्रस्त हुँदा पाँच जना वायु सेनाका कर्मचारीको मृत्यु भएको छ ।

सरकारी अधिकारीहरूका अनुसार उक्त विमान असमको पहाडी क्षेत्रमा दुर्घटनामा परेको हो। दुर्घटनापछि उद्धार टोली घटनास्थलमा परिचालन गरिएको थियो ।

अधिकारीहरूले मृतकहरूको शव संकलन तथा पहिचान गर्ने कार्य जारी रहेको बताएका छन्। दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान सुरु गरिएको छ ।

भारतीय वायु सेनाले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेको छ । साथै दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन आवश्यक छानबिन अघि बढाइएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?