मेलबर्न । अस्ट्रेलियामा गरेको एक दशक लामो अध्ययनले दैनिक दुई वा दुई घण्टा भन्दा बढी सामाजिक सञ्जाल प्रयोग गर्ने किशोर किशोरीहरूले डिप्रेसनलगायतका मानसिक रोगको उच्च जोखिमको सामना गर्ने गरेको पत्ता लगाएको छ ।
अस्ट्रेलियाको मर्डोक चिल्ड्रेन रिसर्च इन्स्टिच्युट (एमसीआरआई) ले शुक्रबार जारी गरेको विज्ञप्तिमा १२ देखि १८ वर्षको उमेरमा उच्च सामाजिक सञ्जालको प्रयोगले एक वर्ष पछि मानसिक स्वास्थ्य समस्यामा वृद्धि भएको उल्लेख गरिएको छ ।
अष्ट्रेलियाको मेडिकल जर्नलमा प्रकाशित यस अध्ययनले मेलबर्नमा ९ देखि १९ वर्ष उमेर समूहका करिब एक हजार २०० सहभागीहरूको बीचमा अध्ययन गरेको जनाइएको छ । अध्ययनको लागि सन् २०२५ मा १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालको पहुँचमा प्रतिबन्ध लगाउनुअघि तथ्यांक संकलन गरेको जनाइएको छ ।
अनुसन्धानकर्ताहरूले उच्चस्तरको मानसिक स्वास्थ्य समस्याहरू, अनलाइन दुर्व्यवहारलगायत सामाजिक सञ्जाल प्रयोग र हानिकारक अनलाइन सामग्रीको जोखिमले बढेको चेतावनी दिएको छ ।
अध्ययनका अनुसार यसको प्रभाव १२ देखि १३ वर्ष उमेर समूहका केटीहरूमा सबैभन्दा बढी देखिएको थियो भने दुवै लिंगहरूमा उच्च जोखिम देखिएको थियो ।
अध्ययनको निष्कर्षले प्रारम्भिक किशोरावस्थालाई बालबालिकाको जीवनको महत्वपूर्ण समयको रूपमा लिई अध्ययन गरेको प्रमुख लेखक नन्दी विजयकुमार, एमसीआरआई र डीकिन विश्वविद्यालयका वरिष्ठ अनुसन्धान सहयोगीले बताएका छन् ।
सह–लेखक, एमसीआरआई प्रोफेसर सुसाएन सायरले अध्ययनबाट आएका निष्कर्षहरूले उमेर–उपयुक्त सीमाहरू, राम्रो डिजिटल साक्षरता कार्यक्रमहरू, र मानसिक स्वास्थ्य जोखिमहरू कम गरी अभिभावकको मार्गदर्शनलाई बलियो बनाउने बताएका छन् ।
अघिल्लो एमसीआरआई अनुसन्धानले लगभग तीन चौथाइ अस्ट्रेलियाली किशोर किशोरीहरूले मानसिक रोग तथा चिन्ताको अनुभव गरेको जनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया