चर्को विरोधपछि पछि हट्यो सरकार : अब नाकामा ५०० रुपैयाँसम्मका सामानको भन्सार नलाग्ने

लोकपथ
196
Shares

काठमाडौं । सरकारले स्थलमार्गको सीमा नाकाबाट ओहोरदोहोर गर्ने यात्रुले साथमा ल्याउन वा लैजान पाउने सामानको भन्सार छुट सीमा एक सय रुपैयाँबाट बढाएर ५०० रुपैयाँ पु¥याएको छ ।

एक सय रुपैयाँको समयसीमाको चर्को विरोध भएपछि सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर छुट सीमा बढाएको हो ।

नयाँ सूचनाअनुसार स्थलमार्गबाट नेपाल प्रवेश गर्ने वा बाहिरिने यात्रुले ५०० रुपैयाँसम्म मूल्यका निजी प्रयोगका वस्तु साथमा ल्याए वा लगेमा भन्सार कार्यालय प्रमुखले औचित्यका आधारमा महसुल नलिई छाड्न सक्नेछन् ।

भारतमा अध्ययनरत नेपाली विद्यार्थीका हकमा उनीहरूले आफ्नो प्रयोगका लागि ल्याउने ट्याब्लेट वा ल्यापटप वा कम्प्युटरमध्ये कुनै एक थान नेपाल ल्याउँदा भन्सार महसुल तिर्नु नपर्ने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?