काठमाडौं । अत्याधुनिक प्रविधिद्वारा संचालित XPENG ले सन् २०२६ को पहिलो त्रैमासिकमा विश्वव्यापी रूपमा उल्लेखनीय सफलता हासिल गरेको छ ।
XPENG ले डेनमार्क, पोर्चुगल, आयरल्याण्ड लगायतका देशमा Emerging Chinese EV brand अन्तर्गत बिक्रीमा नम्बर १ हासिल गर्दै विश्व विद्युतीय सवारी बजारमा आफ्नो उपस्थिति अझ मजबुत बनाएको बताइएको छ ।
यस सफलताको अग्रभागमा रहेको XPENG G6 ले स्मार्ट परफर्मेन्स, प्रिमियम कम्फर्ट तथा भविष्य केन्द्रित डिजाइनले विद्युतीय मोबिलिटीलाई नयाँ परिभाषा दिइरहेको र को प्रयोगकर्ता–केन्द्रित इन्जिनियरिङप्रतिको प्रतिबद्धताले विश्वभर दिगो मोबिलिटीतर्फको परिवर्तनलाई अझ गति दिइरहेको कम्पनीले जनाएको छ ।
XPENG नेपालले नोभेम्बर ९, २०२४ मा आफ्नो काठमाडौं शोरुममा XPENG G6 सार्वजनिक गरेको थियो । सोही दिन कम्पनीले २५ वटा गाडी ग्राहकलाई हस्तान्तरण गर्दै नेपाली बजारमा स्मार्ट EV प्रति बढ्दो रुचि देखाएको थियो। नेपालमा EV को माग बढ्दै जाँदा, XPENG नेपालले नयाँ प्रविधि र राम्रो ग्राहक सेवामार्फत स्मार्ट र दिगो यातायातलाई अघि बढाउने लक्ष्य राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया