काठमाडौं । नेपाली बजारमा आज आइतबार सुन–चाँदी दुवैको भाउ बढेको छ ।
आज आइतबार सुन प्रतितोला २० हजार पाँच सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ११ हजार एक सय रुपैयाँमा किनबेच भइरहेको छ ।
शुक्रबार पनि सुन तोलामा पाँच हजार ६ सय रुपैयाँले बढेको थियो । शुक्रबार सुन प्रतितोला दुई लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज आइतबार चाँदी तोलामा पाँच हजार ३४५ रुपैयाँमा किनबेच भइरहेको छ । चाँदी शुक्रबार प्रतितोला पाँच हजार ४० रुपैयाँमा कारोबार भएको थियो । आजको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३०५ रुपैयाँले बढी हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया