‘तेज’ ब्राण्डको तोरीको तेल न्यून गुणस्तरको, बजारबाट फिर्ता लैजान विभागको निर्देशन

लोकपथ
35
Shares

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘तेज’ ब्राण्डको तोरीको तेल बजारबाट फिर्ता लैजान निर्देशन दिएको छ ।

उपभोक्ताको गुनासोका आधारमा बजार अनुगमन गरेको विभागले बजारबाट नमुना प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरको पाइएको हो ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ (२) को प्रावधान बमोजिम ब्याच नं २ का सबै उत्पादन तत्काल फिर्ता लैजान भनेको हो ।

‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ (२) को प्रावधान बमोजिम उक्त ब्याच नं का सबै खाद्य पदार्थ बजारबाट तत्काल फिर्ता गर्न साथै सोही दफाको उपदफा ४ बमोजिम बिक्री वितरण नगर्न नगराउनु हुन ऐ. ऐनको दफा ३८(२) बमोजिम आदेश दिने अधिकारीको निर्देशानुसार सम्बन्धित उत्पादकलाई यो आदेश जारी गरिएको छ,’ विभागले भनेको छ ।

२०८२ साल फागुन २८ गते उत्पादन भइ ६ महिना उपभोग्य मिति राखिएको तेल बजारबाट फिर्ता गर्न भनिएको हो ।

तेज ब्राण्डको तोरीको तेल सिद्धार्थ आयल इन्डस्ट्रिज गुरबानिया रुपन्देहीबाट उत्पादन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?