काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल वाल सेवा फाउन्डेसन लाई आर्थिक सहयोग गरेको छ ।
नयाँ बानेश्वरस्थित बाल आश्रममा आश्रित बालबालिकामध्ये शाम्भवि स्कुलमा अध्ययनरत ८ जना बालबालिकाको वार्षिक अध्ययन शुल्क वापत प्रतिव्यक्ति ३० हजार रुपैयाँका दरले कुल २ लाख ४० हजार रुपैयाँ सहयोग गरेको जनाएको छ ।
फाउन्डेसनले स्थापना कालदेखि विभिन्न जिल्लाका अनाथ तथा असहाय बालबालिकाको संरक्षण र सेवा गर्दै आएको छ । हाल संस्थामा ४५ जना बालबालिका आश्रित रहेका छन् ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता तथा ग्राहक सेवा सुदृढीकरणमार्फत आफूलाई भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको जनाएको छ । हाल कम्पनीले देशभर १६८ शाखा सञ्जालमार्फत सेवा प्रदान गरिरहेको छ ।
कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २५ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको बताइएको छ । साथै कम्पनीमा १७ हजारभन्दा बढी अभिकर्ता कार्यरत रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया