काठमाडौं । नेपाल र रोमानियाबिच व्यापार, लगानी, पर्यटन, श्रम सहकार्य र निजी क्षेत्रबिच सम्बन्ध विस्तारका विषयमा छलफल भएको छ ।
जेठ ११ गते काठमाडौंमा Inauguration and Interaction program on RMG sector and Nepal -Romania Business Forum विषयक कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपति देव पाण्डेले नेपाल तयारी पोशाक संघ र Chamber of Commerce and Industry of Romania बिच यसअघि भएको व्यापारिक सम्बन्ध विस्तारबारे स्मरण गरे ।
सन् २०२३ अगस्ट २७ मा सम्पन्न सहकार्य प्रोटोकलले दुई देशबिच व्यापार, लगानी, पूर्वाधार विकास, सीप विकास तालिम, सूचना प्रविधि, ई–कमर्स तथा B2B र B2C व्यापारिक सम्बन्ध विस्तारका नयाँ सम्भावना सिर्जना गरेको बताए ।

उनले आर्थिक वर्ष २०२४र२५ मा नेपालबाट रोमानियातर्फ करिब १.१७ मिलियन अमेरिकी डलर बराबरको निर्यात भएको तथा रोमानियाबाट नेपालमा करिब ६९० हजार अमेरिकी डलर बराबरको आयात भएको उल्लेख गरे ।
विशेषगरी तयारी पोशाक नेपालबाट रोमानियामा निर्यात हुने प्रमुख वस्तुका रूपमा रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि रहेका सांसद गणेश पराजुलीले नेपाल र रोमानियाबिच व्यापार तथा लगानी सहकार्यको ठूलो सम्भावना रहेको उल्लेख गर्दै नेपालले उच्च गुणस्तरका तयारी पोशाक, हस्तकला, जडीबुटीजन्य वस्तु, कृषि उत्पादन तथा सूचना प्रविधि सेवा उपलब्ध गराउन सक्ने बताए ।
उनले रोमानियालाई युरोपेली बजारको प्रवेशद्वारको रूपमा उल्लेख गर्दै पूर्वाधार, जलविद्युत, पर्यटन, सूचना प्रविधि तथा उत्पादनमूलक क्षेत्रमा रोमानियाली लगानी भित्र्याउन नेपाल तयार रहेको धारणा राखे ।
भारत, नेपाल तथा बंगलादेशका लागि रोमानियाका राजदूत महामहिम सेना लतिफले नेपाल–रोमानिया सम्बन्ध, द्विपक्षीय सहकार्य तथा रोमानियामा कार्यरत ठूलो संख्यामा रहेका नेपाली समुदायको योगदानबारे प्रकाश पारिन् । त्यसैगरी आर्थिक कन्सुलर इओनुत भिजिरुले रोमानिया तथा त्यहाँका आर्थिक तथा विकासका सम्भावनाबारे प्रस्तुति दिएका थिए ।
यसैगरी नेपाल–रोमानिया चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीका अध्यक्ष वविता पाण्डेले नेपाल–रोमानिया चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीले दुई देशका व्यवसायिक समुदायबीच दीर्घकालीन सहकार्य, लगानी संवाद तथा पारस्परिक हितका अवसर विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।
कार्यक्रममा नेपाल र रोमानियाका विषयमा भिडियो प्रस्तुति समेत प्रदर्शन गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया