वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे

लोकपथ
56
Shares

काठमाडौं । वैदेशिक रोजगारमा जाने नेपाली कामदारको नयाँ श्रम स्वीकृति लिनेको संख्या घटेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या वृद्धि भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०८२÷८३ को तथ्यांकअनुसार वैदेशिक रोजगारमा जान नयाँ श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या १३.७ प्रतिशतले संकुचन भई दुई लाख ७३ हजार ५३० रहेको देखाएको हो । 

त्यसैगरी यस आर्थिक अवधिमा वैदेशिक रोजगारमा जान पुनः श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या १५.९ प्रतिशतले वृद्धि भई दुई लाख ५१ हजार ९८३ पुगेको छ । यस अवधिमा नयाँ र पुनः श्रम स्वीकृति लिने कामदारको संख्या पाँच लाख २५ हजार ५१३ पुगेको छ । यसमध्ये, महिला १२.१ प्रतिशत र पुरुष ८७.९ प्रतिशत रहेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा नयाँ र पुनः श्रम स्वीकृति लिने कामदारको सङ्ख्या पाँच लाख ३४ हजार ४७१ रहेको थियो ।

सर्वेक्षणले आर्थिक वर्ष २०८१÷८२ मा वैदेशिक रोजगारमा जान नयाँ श्रम स्वीकृति लिने नेपाली कामदारको सङ्ख्या १०.० प्रतिशतले बढेर पाँच लाख पाँच हजार ९५७ र पुनः श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या १८.५ प्रतिशतले बढेर तीन लाख ३३ हजार ३०९ पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?