जेनजी आन्दोलनमा जलेको आयोनको फ्ल्यागशिप शोरुम थापाथलीमा पुनः सञ्चालनमा

लोकपथ
0
Shares

काठमाडौं । सीजी मोटर्सले जेनजी आन्दोलनका क्रममा जलेको काठमाडौंको थापाथलीस्थित आयोनको फ्ल्यागशिप शोरुमको औपचारिक उद्घाटन गरेको छ ।

सोमबार चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी साथै जीएसी इन्टरनेशनल र जीएसी आयोनका प्रतिनिधि रेमन वङद्वारा संयुक्त रूपमा उक्त शोरुमको उद्घाटन भएको हो ।

कार्यक्रममा बोल्दै सीजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले यो केवल एउटा शोरुम उद्घाटन मात्र नभई नेपालमा स्मार्ट, स्वच्छ तथा प्रिमियम मोबिलिटीको नयाँ यात्राको सुरुवात भएको बताए । आयोन फ्ल्यागशिप शोरुममार्फत कम्पनीले नेपालमा तीव्र गतिमा विस्तार भइरहेको ईभी बजारमा अझ सशक्त उपस्थिति जनाउने लक्ष्य लिएको छ ।

अबदेखि आयोनको आधिकारिक फ्ल्यागशिप शोरुम काठमाडौंको थापाथलीबाट पूर्ण रूपमा सञ्चालनमा आएको छ, जहाँ ग्राहकहरूले आयोनका सम्पूर्ण मोडलहरू सहज रूपमा अवलोकन गर्न, ब्रान्डको प्रत्यक्ष अनुभव लिन तथा बिक्री एवं बिक्रीपछिको सेवा एकै स्थानबाट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकलाई अत्याधुनिक विद्युतीय सवारी, प्रिमियम ब्रान्ड अनुभव, उत्कृष्ट बिक्रीपछिको सेवा तथा सशक्त चार्जिङ सपोर्ट प्रदान गर्ने कम्पनीको उद्देश्य रहेको समेत बताइएको छ ।

चीन मात्र नभई अन्तर्राष्ट्रिय बजारमा समेत लोकप्रियता हासिल गरिसकेका आयोनका एसयूभी मोडलहरू केही समयदेखि नेपाली बजारमा उपलब्ध छन् र आधुनिक डिजाइन, सुरक्षा, नवीन प्रविधि तथा आरामदायी सुविधासहित ग्राहकहरूको रोजाइमा परिरहेका छन् ।

आयोन भी एक प्रिमियम तथा शक्तिशाली इलेक्ट्रिक एसयूभी हो, जसलाई लामो दूरीको ड्राइभिङ अनुभव प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको हो ।

यसमा ७५.३ किलोवाट आवर ब्याट्री जडान गरिएको छ, जसले लक्जरी भेरियन्टमा ६५० किलोमिटर ९एनईडीसी० सम्मको ड्राइभिङ रेन्ज प्रदान गर्दछ। साथै, यसमा १०० किलोवाट मोटर, २४० न्यूटन मिटर अधिकतम टर्क तथा १८५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स उपलब्ध रहेको छ, जसले शहरी तथा लामो दूरीको यात्राका लागि उपयुक्त बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?