काठमाडौं । अथर इनर्जी (Ather Energy) को आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले झापाको बिर्तामोडमा नयाँ “Ather Experience Center” सञ्चालनमा ल्याएको छ ।
नेपालमा दुईपांग्रे विद्युतीय सवारीको बजार तीव्र रुपमा विस्तार भइरहेका बेला अथर इनर्जीले बिर्तामोडमा नयाँ सेन्टर सञ्चालनमा ल्याएको हो ।
कम्पनीले आइतबार (जेठ १० गते) बिर्तामोडमा आफ्नो नयाँ केन्द्र उद्घाटन गर्दै पूर्वी नेपालमा प्रिमियम इलेक्ट्रिक स्कुटर बजार विस्तारलाई थप आक्रामक बनाएको हो ।
काम्पनीका अनुसार नयाँ Experience Center भुर्टेल इनर्जी प्रलिको डिलर व्यवस्थापनअन्तर्गत सञ्चालनमा आएको हो ।
योसँगै नेपालभर Ather का Experience Center को संख्या ११ पुगेको छ । काठमाडौं उपत्यकामा पाँचवटा केन्द्र सञ्चालनमा रहेका छन् भने पोखरामा, चितवन, इटहरी, बुटवल, जनकपुरपछि अब बिर्तामोडमा पनि कम्पनीले आफ्नो उपस्थिति विस्तार गरेको कम्पनीले जनाएको छ ।
नेपालमा पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यवृद्धि, वातावरणीय चिन्ता र विद्युतीय सवारीप्रति बढ्दो आकर्षणका कारण ईभी बजार तीव्र रुपमा बढिरहेको छ । यही प्रतिस्पर्धात्मक बजारलाई लक्षित गर्दै Ather Nepal ले स्कुटर, चार्जिङ पुर्वाधार र बिक्रीपछिको सेवा विस्तारमा जोड दिएको देखिन्छ । कम्पनीले हाल देशभर १० वटा Authorized Service Center सञ्चालनमा रहेको जनाएको छ ।
बिर्तामोडमा खुलेको एम्पेरियन्स सेन्टरमा दुई प्रमुख लाइनअप उपलब्ध हुने जनाइएको छ ।
नयाँ Experience Center मा Ather को सम्पूर्ण उत्पादन लाइनअप उपलब्ध हुनेछ, जसमा performance-focused Ather 450 series तथा Modern Family Ather Rizta समावेश छन् ।
Ather 450 series विशेषगरी उच्च प्रदर्शन, स्मार्ट प्रविधि र उत्कृष्ट राइडिङ अनुभव खोज्ने ग्राहकका लागि डिजाइन गरिएको हो । यसमा शक्तिशाली acceleration, Google Maps आधारित navigation, AutoHold, Fall Safe, reverse mode, विभिन्न ride modes तथा responsive touchscreen dashboard जस्ता अत्याधुनिक सुविधाहरू समावेश छन्, जसले Ather 450 लाई नेपालको सबैभन्दा advanced electric scooters मध्ये एक बनाएको छ ।
त्यसैगरी, Ather Rizta आधुनिक परिवार र दैनिक प्रयोगलाई केन्द्रमा राखेर डिजाइन गरिएको स्कुटर हो। विशाल सिट, ठूलो storage capacity, safety-focused engineering, traction control, tow तथा theft alerts, dashboard मा WhatsApp notifications, साथै आरामदायी riding posture लगायतका सुविधाले Rizta लाई दैनिक यात्राका लागि प्रविधि, सुविधा र विश्वसनीयताको उत्कृष्ट संयोजन बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया