काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत भ्रमणमा शनिबार बिहान कोलकाता पुगेका छन् । यो उनको भारतको पहिलो औपचारिक भ्रमण हो ।
भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत रुबियो भारत पुगेको जानकारी दिएका हुन् ।
उनले रुबियोले नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने र त्यस क्रममा व्यापार, प्रविधि, रक्षा, क्वाड तथा अन्य महत्वपूर्ण विषयमा छलफल हुने बताएका छन् ।
यो भ्रमणलाई अमेरिका–भारत सम्बन्धलाई थप सुदृढ बनाउने तथा रणनीतिक सहकार्य विस्तार गर्ने उद्देश्यले हेरिएको छ । रुबियोले अमेरिका, भारत, जापान र अस्ट्रेलिया सम्मिलित QUAD को विदेशमन्त्रीस्तरीय बैठकमा पनि सहभागिता जनाउनेछन् ।
भ्रमणका क्रममा उनी कोलकाता, आगरा, जयपुर र नयाँ दिल्लीको भ्रमण गर्ने कार्यक्रम छ । रुबियो मे २६ सम्म भारतमै रहनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया