ई–सेवामार्फत जीवन बीमा नवीकरण गर्दा स्मार्ट टिभी र नगद जित्ने अवसर

लोकपथ
49
Shares

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक ई–सेवाले जीवन बीमा नवीकरणलाई अझ सहज, सुरक्षित र आकर्षक बनाउन विशेष उपहार योजना सार्वजनिक गरेको छ ।

गत जेठ १ गतेबाट सुरु भएको उक्त योजना आगामी असार ३२ गतेसम्म लागू हुने बताइएको छ ।

उक्त समय अवधिभर ई–सेवाको मोबाइल एप वा वेबसाइटमार्फत नेपालको कुनै पनि जीवन बीमा कम्पनीको बीमा प्रिमियम भुक्तानी वा पोलिसी नवीकरण गर्ने ग्राहकहरूले आकर्षक उपहार जित्ने अवसर पाउनेछन् ।

यस योजनाअन्तर्गत एक जना भाग्यशाली ग्राहकले बम्पर उपहारस्वरूप ४३ इन्चको स्मार्ट टिभी प्राप्त गर्नेछन् । साथै तीन जना विजेताले जनही २५ हजार रुपैयाँ नगद पुरस्कार जित्नसक्ने ई–सेवाले जनाएको छ । अभियान अवधिभर प्रत्येक हप्ता एक जना प्रयोगकर्तालाई २ हजार ५ सय रुपैयाँ नगद पुरस्कार पनि प्रदान गरिनेछ ।

यसका साथै, विभिन्न जीवन बीमा कम्पनीहरूसँगको सहकार्यमा ग्राहकहरूलाई आकर्षक क्यासब्याक सुविधा समेत उपलब्ध गराइने इसेवाले जनाएको छ ।

ई–सेवाको अनलाइन बीमा नवीकरण सेवामार्फत ग्राहकहरूले कार्यालय धाउनुपर्ने झन्झट बिना घरबाटै छिटो, सुरक्षित र भरपर्दो रूपमा जीवन बीमा नवीकरण तथा प्रिमियम भुक्तानी गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?