अमेरिकी आक्रमण भए नयाँ रणनीति र नयाँ मोर्चाबाट कडा जवाफ दिने इरानको चेतावनी

लोकपथ
77
Shares

काठमाडौं । इरानले अमेरिकाले इजरायली प्रभावमा परेर आफ्नो देशविरुद्ध कुनै पनि नयाँ आक्रमण गरे कडा जवाफ दिने चेतावनी दिएको छ ।

इरानी सेनाका प्रवक्ता मोहम्मद अकरमिनियाले सरकारी सञ्चारमाध्यमसँग कुरा गर्दै यस्तो चेतावनी दिएका हुन् ।

उनले भनेका छन्, ‘यदि शत्रुले फेरि इजरायली योजनामा परेर इरानविरुद्ध आक्रामक कदम चाल्यो भने हामी नयाँ उपकरण र नयाँ रणनीतिसहित नयाँ मोर्चाबाट जवाफ दिनेछौँ ।’

केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति वार्ताको सम्भावना जोगाउन चाहेको भन्दै आक्रमण योजना तत्कालका लागि स्थगित गरिएको बताएका थिए ।

ट्रम्पको उक्त भनाइपछि केही समय तनाव कम हुने अपेक्षा गरिएको थियो । तर इरानको पछिल्लो चेतावनीपछि फेरि तनाव बढ्ने संकेत देखिएको छ ।

इरानी सेनाले सम्भावित कुनै पनि सैन्य कारबाहीको जवाफ पहिलेभन्दा अझ व्यापक र कडा हुने संकेत गरेको छ । तर ‘नयाँ मोर्चा’ वा ‘नयाँ रणनीति’ कस्तो हुने भन्नेबारे भने स्पष्ट विवरण दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?