काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बढ्दो प्रयोग र आकर्षणलाई लक्षित गर्दै सीजी मोटर्स प्रालिले बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा ‘महा मेला एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ ।
ईलेक्ट्रिक सवारीसाधनको आयात तथा बिक्रीमा अग्रणी मानिएको सीजी मोटर्सले आयोजना गरेको यो मल्टी ब्राण्ड ईभी शोकेसमा दुई पांग्रे, चार पांग्रे, व्यावसायिक तथा प्यासेन्जर सवारीसाधन एकै स्थानमा प्रदर्शनीमा राखिएका छन् । कार्यक्रममा कम्पनीले आयात गरेका विभिन्न अन्तर्राष्ट्रिय ईभी ब्राण्डका कार, भ्यान, पिकअप तथा टु–विलर मोडलहरू अवलोकनका लागि राखिएका छन् ।

सीजी मोटर्सकी प्रोडक्ट हेड प्रतिमा पौडेलका अनुसार ग्राहकलाई एउटै प्लेटफर्मबाट सबै प्रकारका ईभी सवारीसाधन अनुभव गराउने उद्देश्यले कार्निभल आयोजना गरिएको हो । उनले टु विलरका लागि अपग्रेड जात्रा र फोर ह्वीलरका लागि ‘महा मेला एक्सचेन्ज कार्निभल’ सञ्चालन गरिएको बताइन् । पौडेलका अनुसार हिरोका १९ वटा टु विलर मोडल तथा फोर विलरतर्फ ६ वटा विभिन्न ब्राण्डका ईभी सवारीसाधन प्रदर्शनीमा राखिएका छन् ।
मेलामा सीजीको टु ह्वीलरतर्फ अन द स्पट एक्सचेन्ज सुविधा, टेष्ट ड्राइभ, फाइनान्सिङ गर्दा वा एक्सचेन्ज गर्दा १४ हजार रुपैयाँसम्म टपअप सुविधा, गेम्स तथा कफी स्टल राखिएको छ ।
कार्यक्रमको उद्घाटन गायक तथा संगीतकार कालिप्रसाद बास्कोटाले गरे । उनले विद्युतीय सवारीसाधन खरिद गर्ने सोच बनाएका ग्राहक, अटोमोबाइल प्रेमी, व्यवसायी तथा सार्वजनिक यातायात क्षेत्रमा ईभी अपनाउन चाहनेहरूका लागि यो कार्निभल उपयुक्त अवसर हुने बताए । उनले आफूले प्रयोग गरिरहेको एक्सपेङ गाडीको समेत प्रशंसा गरेका थिए ।

सीजी मोटर्सले यो कार्यक्रमलाई केवल सवारी प्रदर्शनी नभई नेपालमा दिगो, वातावरण तथा प्रविधिमैत्री यातायात प्रवद्र्धन गर्ने अभियानका रूपमा अघि बढाइएको जनाएको छ । एउटै प्लेटफर्ममा विभिन्न ईभी ब्राण्ड, खरिद सुविधा र एक्सचेन्ज अवसर उपलब्ध गराएर ग्राहकलाई ईभी अपनाउने निर्णय सहज बनाउने सीजीको विश्वास छ । ६ दिनसम्म सञ्चालन हुने कार्निभल जेठ ११ गतेसम्म जारी रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया