करेन्ट चाउचाउ खान अयोग्य रहेको पाइएपछि बजारबाट फिर्ता लिन निर्देशन

लोकपथ
2.1k
Shares

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले करेन्ट चाउचाउ बजारबाट फिर्ता ल्याउन निर्देशन दिएको छ । ल्याब टेस्ट गर्दा सरकारले तोकेको भन्दा कम गुणस्तरको पाइएपछि उक्त चाउचाउ फिर्ता ल्याउन निर्देशन दिएको हो ।

यशोदा फुड्स प्रालिको उत्पादन रहेको १०० ग्रामको करेन्ट चाउचाउलाई तत्कालै बजारबाट फिर्ता ल्याउन विभागले निर्देशन दिएको हो ।

यशोदा फुड्सको उत्पादन रहेको करेन्ट चाउचाउको १०० ग्राम भएको प्याकेटमा सरकारले तोकेको भन्दा बढी एक्सट्राक्टेड फ्याट एसिड भ्यालु रहेको पाइएको छ । तोकिएको मापदण्डभन्दा बढी एक्स्ट्राक्टेड फ्याटको एसिड भ्यालु हुँदा यसले ग्यास्ट्रिक गराउने, घाँटीमा समस्या हुने, फुड पोइजन हुने लगायतका समस्या ल्याउन सक्छ ।

विभागका अनुसार करेन्ट चाउचाउको ब्याच नम्बर शून्य चार ए, उत्पादन मिति २०२६ फेब्रुअरी २३ रही १२ महिना उपभोग्य मिति रहेको उक्त चाउचाउ खानका लागि अयोग्य पाइएको हो ।

त्यस्तो चाउचाउ खाँदा स्वास्थ्यलाई असर गर्ने भएपछि खाप् प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ को उपदफा २ बमोजिम बजारबाट फिर्ता ल्याउन अर्थात् रिकल गर्न निर्देशन दिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?