काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले एनसेलको मुख्य कार्यालयमा छापा मारेको छ । सीआईबी स्रोतका अनुसार बिहीबार एनसेलको कार्यालयमा छापा मारेर केही कागजात नियन्त्रणमा लिइएको हो ।
स्मार्ट टेलिकमको सम्पत्ति लिलाममार्फत खरिद गरेको सम्बन्धमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको थियो । सोही सम्बन्धमा बिहीबार एनसेलको कार्यालयमा समेत छापा मारेर केही कागजात नियन्त्रणमा लिइएको हो ।
सरकारी स्वामित्वमा आइसकेको स्मार्ट टेलिकमको सम्पत्ति नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको मिलेमतोमा लिलाम बिक्री गरिँदा उक्त सम्पत्ति एनसेलले खरिद गरेको थियो । नवीकरण नभई स्वतः सरकारी स्वामित्वमा आएको सम्पत्ति एनसेलले सस्तो मूल्यमा खरिद गरी राज्यलाई हानी पुराएको आरोपमा यति बेला अनुसन्धान भइरहेको छ ।
यसअघि नै स्मार्ट टेलिकमका तत्कालीन प्रबन्धक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सिइओ ज्योतिप्रकाश पाण्डेलाई सीआईबीले नियन्त्रणमा लिइसकेको छ ।
बैंकका सिइओ र तत्कालीन प्रबन्धकमाथि ठगी र आपराधिक विश्वासघातको कसुरमा अनुसन्धान सुरु भएकामा बिहीबार एनसेलको कार्यालयमा समेत छापा मारेर कागजात नियन्त्रणमा लिइएको हो ।
यससँगै स्मार्ट टेलिकमको सम्पत्ति लिलाम बिक्रीसम्बन्धी कसुरमा अब निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलमाथि समेत अनुसन्धान सुरु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया