कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले भने– ‘निजी क्षेत्रको आत्मविश्वास बढाउन सरकारसँग सहकार्य गर्छौँ’ [भिडियोसहित]

लोकपथ
28
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित कार्यसमितिले औपचारिक रूपमा कार्यभार सम्हालेको छ । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थाअनुसार अञ्जन श्रेष्ठ महासंघको नयाँ अध्यक्ष बनेका हुन् ।

अध्यक्ष श्रेष्ठसँगै निर्वाचित अन्य पदाधिकारीहरूले पनि पदभार ग्रहण गरेका छन् । पदबहालीपछि अध्यक्ष श्रेष्ठले निजी क्षेत्रको मनोबल बढाउने वातावरण निर्माण गर्न सरकारसँग निरन्तर संवाद र सहकार्यलाई प्राथमिकतामा राखिने बताएका छन् ।

उनले उद्योगी–व्यवसायीको आत्मविश्वास अभिवृद्धि गर्दै लगानी र आर्थिक गतिविधि विस्तारका लागि महासंघले सक्रिय भूमिका निर्वाह गर्ने उल्लेख गरे ।

महासंघमा आज आयोजित संक्षिप्त कार्यक्रममा निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई पद तथा जिम्मेवारी हस्तान्तरण गरेका हुन् । कार्यक्रममा महासंघका पदाधिकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?