क्यारेबियन क्षेत्रमा अमेरिकी सेनाको कारबाही : दुई ‘नार्को आतंककारी’ मारिए

लोकपथ
21
Shares

काठमाडौं । क्यारेबियन समुद्री क्षेत्रमा लागुऔषध तस्करीविरुद्ध गरिएको एक सैन्य कारबाहीमा दुई जना ‘नार्को–आतंककारी’ मारिएको छ ।

अमेरिकी सेनाको दक्षिणी कमान्ड अन्तर्गत रहेको ‘जोइन्ट टास्क फोर्स सदर्न स्पियर’ ले उक्त आक्रमण गरेको हो । कमान्डका अनुसार, लक्षित जहाज लागुऔषध तस्करीमा संलग्न एक सूचीकृत आतंकवादी संगठनद्वारा सञ्चालन गरिएको थियो ।

सामाजिक सञ्जाल ‘एक्स’ मार्फत सार्वजनिक गरिएको विवरणअनुसार, गुप्तचर सूचनाका आधारमा उक्त जहाज क्यारेबियन क्षेत्रमा लागुऔषध ओसारपसारका लागि प्रयोग हुने निश्चित मार्गमा सक्रिय रहेको पुष्टि भएपछि कारबाही गरिएको हो ।

कमान्डले घटनाको भिडियो समेत सार्वजनिक गरेको छ, जसमा नाइट भिजन प्रविधिको प्रयोग गरी जहाजलाई निशाना बनाइएको देखिन्छ ।

अमेरिकी सेनाका अनुसार मारिएका दुवै व्यक्ति लागुऔषध तस्करी र आतंकवादी गतिविधिमा संलग्न थिए। यस कारबाहीलाई क्यारेबियन क्षेत्रमा लागुऔषध तस्करी र संगठित आपराधिक सञ्जालविरुद्धको अभियानको हिस्सा भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?