काठमाडौं । इण्डोनेसियाको पश्चिम जाभास्थित बेकासीमा दुई रेल एकापसमा ठोक्किँदा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । दुर्घटनामा अन्य ८४ जना घाइते भएका छन् ।
स्थानीय समयअनुसार राति करिब ८ः५० बजे जकार्ता–बेकासी मार्गमा सञ्चालनमा रहेको ‘कम्युटर रेल’ र जकार्ता–सुरबाया मार्गमा गुडिरहेको लामो दूरीको रेल ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनापछि इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तो मङ्गलवार बिहान बेकासीस्थित अस्पताल पुगेर घाइतेहरूको अवस्था बारे जानकारी लिएका छन् । उनले सरकार तथा आफ्नो व्यक्तिगत तर्फबाट मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता जनाएका छन् ।
स्थानीय अधिकारीहरूका अनुसार दुर्घटनापछि उद्धार तथा उपचार कार्य तीव्र रूपमा जारी छ । रेल सञ्चालक निकाय र राष्ट्रिय यातायात सुरक्षा समितिले घटनाको वास्तविक कारण पत्ता लगाउन संयुक्त अनुसन्धान सुरु गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया