काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी तनावका बीच युद्धविरामको अवधि थप गर्ने घोषणा गरेका छन् । दुई देशबीचको वार्ता निष्कर्षमा नपुगेसम्मका लागि यो निर्णय गरिएको उनले बताएका छन् ।
ट्रम्पका अनुसार तेहरानले एकीकृत प्रस्ताव पेस नगरेसम्म इरानी बन्दरगाहहरूमाथिको नाकाबन्दी जारी रहनेछ । यसअघि युद्धविरामको म्याद सकिन लागेकाले अमेरिका–इरान सम्बन्ध थप तनावपूर्ण बन्ने चिन्ता व्यक्त गरिएको थियो ।
‘ट्रुथ सोसल’मा पोस्ट गर्दै ट्रम्पले अमेरिकी सेनालाई उच्च तयारीमा रहन निर्देशन दिएको जानकारी दिएका छन् । उनले वार्ता अघि बढ्न नसकेसम्म दबाब कायम राखिने संकेत गरेका छन् ।
यसै क्रममा ह्वाइट हाउसले जेडी भान्सको इस्लामाबाद भ्रमण स्थगित गरेको छ । उनी पूर्वनिर्धारित तालिकाअनुसार मंगलबार पाकिस्तान जानुपर्ने थियो ।
शहबाज सरिफले भने युद्धविराम लम्ब्याउने निर्णयको स्वागत गर्दै दुवै पक्षलाई संवादमार्फत स्थायी समाधान खोज्न आग्रह गरेका छन्। उनले दोस्रो चरणको वार्तामा व्यापक शान्ति सम्झौता हुने विश्वास व्यक्त गरेका छन् ।
उता, इरानले पनि पाकिस्तानमा हुने सम्भावित वार्तामा सहभागी हुनेबारे अझै निर्णय गरिसकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया