काठमाडौं । भारतमा उत्पादित प्रख्यात टायर ब्रान्ड राल्सन टायरले नेपालका विभिन्न सहरहरूमा डिलरशिपका लागि आवेदन खुला गरेको छ ।
करिब ५० वर्षदेखि सेवा प्रदान गर्दै आएको कम्पनीले देशभर व्यापारिक सञ्जाल विस्तार गर्ने उद्देश्यले नयाँ डिलरहरूको खोजी सुरु गरेको हो ।
कम्पनीका अनुसार राल्सन टायर मजबुत निर्माण, उच्च टिकाउपन र लामो माइलेजका कारण विश्व बजारमा परिचित छ ।
नेपालको जस्तो चुनौतीपूर्ण भौगोलिक अवस्था, कच्ची तथा पक्की दुवै सडकका लागि यी टायर उपयुक्त मानिन्छन् । यसमा भारी तौल बहन गर्ने क्षमता, बलियो ग्रिप, मजबुत ट्रिड डिजाइन तथा पन्चर प्रतिरोधात्मक विशेषता भएकाले यात्रालाई सुरक्षित र भरपर्दो बनाउने कम्पनीको दाबी छ ।
राल्सन टायरले धनगढी, नेपालगन्ज, सुर्खेत, दाङ, बुटवल, पोखरा, नारायणघाट, वीरगन्ज, काठमाडौं, जनकपुर, लहान, विराटनगर, धरान, इटहरी, दमक र बिर्तामोड लगायतका प्रमुख सहरहरूमा डिलरशिपका लागि आवेदन खुला गरेको जनाएको छ । इच्छुक व्यवसायीहरूले तोकिएका स्थानबाट आधिकारिक डिलरका रूपमा काम गर्न सक्नेछन् ।
डिलरशिप लिन इच्छुक व्यक्ति तथा संस्थाहरूले मोबाइल नम्बर ९८०३९३१२१८ मा सम्पर्क गरी थप जानकारी लिन सक्नेछन्। साथै, नेपाल टेलिकमको टोल–फ्री नम्बर १६६००१५५७७७ र एनसेलको हटलाइन नम्बर ९७०७०५३४४२ मार्फत पनि सोधपुछ गर्न सकिने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया