काठमाडौं । इरानले होर्मुज स्ट्रेटमा आफ्नो नियन्त्रण पुनः सुरु गरेको दाबी गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार इस्लामिक रिभोलुसनरी गार्ड्स कर्प्स (IRGC) ले यो रणनीतिक जलमार्गमा कडा निगरानी सुरु गरेको जनाएको छ ।
इरानले अमेरिकामाथि समुद्री नाकाबन्दी र समुद्री लुटपाट गरेको आरोप लगाउँदै आएको छ । यसअघि इरानी विदेशमन्त्री अब्बास अरागचीले युद्धविरामको समयमा सबै व्यापारिक जहाजलाई होर्मुज स्ट्रेटबाट आवतजावत गर्न खुला गरिएको बताएका थिए ।
तर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सुरुमा इरानको निर्णयको स्वागत गर्दै धन्यवाद दिएका थिए। पछि भने उनले होर्मुजमा अमेरिकी नाकाबन्दी जारी रहने बताएका छन् ।
यी फरक–फरक दाबीका कारण होर्मुज स्ट्रेटको वास्तविक अवस्था के हो भन्ने विषयमा अन्योल देखिएको छ ।
यो जलमार्ग विश्वकै प्रमुख तेल ढुवानी मार्गमध्ये एक भएकाले इरान–अमेरिका बीचको तनावले विश्व इन्धन आपूर्ति र सुरक्षा व्यवस्थामा असर पर्ने चिन्ता बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया