काठमाडौं । पाकिस्तानको इस्लामाबादमा इरानको परमाणु गतिविधिलाई लिएर अमेरिका र इरानबीच भएको वार्तामा ठूलो मतभेद देखिएपछि सहमति हुन सकेको छैन ।
अमेरिकी अखबार द न्युयोर्क टाइम्सका अनुसार इरानको परमाणु कार्यक्रम नियन्त्रण गर्ने विषयमा दुवै पक्षले आ–आफ्ना प्रस्ताव अघि सारेका थिए ।
इरानले आफ्नो परमाणु कार्यक्रम पाँच वर्षका लागि स्थगित गर्न सकिने प्रस्ताव राखेको भए पनि अमेरिकाले त्यसलाई अस्वीकार गरेको बताइएको छ । अमेरिकाले भने कम्तीमा २० वर्षसम्म कार्यक्रम रोक्नुपर्ने अडान राखेको उल्लेख छ ।
यसैगरी, इरान पाँच वर्षको अवधिमा सहमत हुन तयार देखिए पनि अमेरिकाले दीर्घकालीन प्रतिबद्धता चाहेकाले वार्ता कुनै निष्कर्षमा पुग्न नसकेको न्युयोर्क टाइम्सले जनाएको छ ।
यता, होर्मुज जलमार्गमा अमेरिकी सामुद्रिक नाकाबन्दी सुरु भएको बताइएको छ । अमेरिकी समयअनुसार बिहान १० बजेदेखि लागू गरिएको उक्त निर्णयअनुसार इरानी जहाज नजिकिएमा नियन्त्रण वा नष्ट गरिने चेतावनी दिइएको छ ।
साथै, होर्मुज जलमार्ग हुँदै आवागमन गर्ने सबै जहाजहरूलाई रोकेर जाँच गरिने पनि जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया