भारतको यमुना नदीमा डुंगा दुर्घटना : ११ जनाको मृत्यु, ५ जना अझै बेपत्ता

लोकपथ
182
Shares
सांकेतिक फाइल तस्बिर

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित यमुना नदीमा भएको डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । दुर्घटनामा अझै ५ जना बेपत्ता रहेका छन् ।

श्रद्धालुहरू चढेको डुंगा पल्टिँदा भएको उक्त घटनामा एक दिन बितिसक्दा पनि खोजी कार्य जारी रहेको स्थानीय प्रहरीले जनाएको छ ।

दुर्घटनापछि नदीबाट २२ जनाको जीवितै उद्धार गरिएको छ भने उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?