अफगानिस्तानमा घरको छत खस्दा एउटै परिवारका ८ जनाको मृत्यु

लोकपथ
77
Shares

काबुल । अफगानिस्तानको पूर्वी परवान प्रान्तमा घरको छत खस्दा एउटै परिवारका आठ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

प्रान्तीय प्रहरी प्रवक्ता फजल रहिम मुस्किनियारका अनुसार शनिबार स्यागिरड जिल्लामा भारी वर्षाका कारण घरको छत भत्किँदा उक्त दुर्घटना भएको हो ।

घाइते व्यक्तिको उपचार भइरहेको जनाइएको छ । यसअघि काबुलको बागरामी क्षेत्रमा पनि यस्तै दुर्घटनामा एउटै परिवारका आठ जनाको ज्यान गएको र एक बालक घाइते भएको थियो ।

अफगानिस्तानमा पछिल्ला दुई सातादेखि लगातार वर्षा र बाढीजन्य विपद्का कारण १४८ जनाको मृत्यु भइसकेको छ भने २०० भन्दा बढी घाइते भएका अधिकारीहरूले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?