काठमाडौं । टर्कीको इस्तानबुलस्थित बेसिकटास जिल्लामा रहेको इजरायली महावाणिज्य दूतावास नजिक मंगलबार गोलीबारी भएको छ ।
घटनामा एक आक्रमणकारीको मृत्यु भएको छ भने दुई प्रहरी अधिकारी र दुई आक्रमणकारीसहित चार जना घाइते भएका छन् ।
इस्तानबुलका गभर्नर दाभुत गुलले घटनास्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आक्रमणकारीहरूले सुरक्षा प्रदान गरिरहेका प्रहरीलाई लक्षित गरेको बताए ।
गोलीबारीमा घाइते भएका प्रहरी अधिकारीहरूको अवस्था सामान्य रहेको जानकारी दिइएको छ ।
घटनास्थलमा स्थानीय समय अनुसार दिउँसो करिब १२ः१५ बजे गोलीबारी सुरु भएको थियो ।
प्रहरी घटनास्थलमा पुगेको र घाइते भएका दुई आक्रमणकारीलाई नियन्त्रणमा लिइसकेको छ । टर्कीका न्याय मन्त्री अकिन गुर्लेकले यस घटनाको बहुआयामिक अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया