भायानेटले ल्यायो अत्याधुनिक वाइफाइ ६ : घरको कुना-कुनासम्म तीव्र गतिमा इन्टरनेट !

लोकपथ
63
Shares

काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले ग्राहकहरुको सेवालाई ध्यानमा राख्दै नयाँ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ ।

भायानेटले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर सिग्नल जस्ता समस्यालाई समाधान गर्न अत्याधुनिक ‘वाइफाइ ६’ प्रविधिमा आधारित नयाँ इन्टरनेट प्याकेज सार्वजनिक गरेको हो ।

प्रयोगकर्तालाई गतिको नयाँ अनुभव प्रदान गर्दै समग्र कनेक्टिभिटीमा व्यापक सुधार ल्याउने उद्देश्यले यो सेवा बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

आजको डिजिटल युगमा घरभित्र धेरै उपकरणहरू एकैसाथ चलाउनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै यो प्रविधि डिजाइन गरिएको छ । पुरानो प्रविधिको तुलनामा ४ गुणा बढी कार्यक्षमता प्रदान गर्ने भएकाले यसले लेटेन्सीलाई न्युनतम स्तरमा झार्दछ ।

फलस्वरूप, घरमा एकै समयमा धेरै व्यक्तिले मुभी स्ट्रिमिङ, अनलाइन गेमिङ र अफिसको काम गर्दा पनि कुनै प्राविधिक कठिनाइ महसुस हुने छैन ।

भायानेटले ग्राहकहरूका लागि २५० Mbps देखि ६०० Mbps सम्मका उच्च गतिको वाइफाइ ६ प्याकेजहरू उपलब्ध गराएको छ ।

जसमध्ये २५० Mbps गतिको वार्षिक योजना मात्र १३,८०० रुपैयाँ (भ्याटसहित) मा प्राप्त गर्न सकिनेछ । यस आकर्षक अफर अन्तर्गत वार्षिक ग्राहक बन्नेहरूले थप १ महिनाको इन्टरनेट सेवा निःशुल्क प्राप्त गर्नेछन् ।

साथै, घरभरि समान रूपमा इन्टरनेट सिग्नल पुर्‍याउन कम्पनीले ३,५०० रुपैयाँ (भ्याटसहित) मा ‘वाइफाइ ६ मेस’ राउटरको विकल्प पनि अघि सारेको छ । साधारण राउटरले बाक्लो भित्ता वा ठुलो क्षेत्रफल भएका घरका सबै भागमा सिग्नल पुर्‍याउन नसक्ने समस्यालाई यस मेस सिस्टमले समाधान गर्ने कम्पनीको दाबी रहेको छ ।

पुराना ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै भायानेटले अपग्रेड प्रक्रियालाई समेत सहज र किफायती बनाएको छ । विद्यमान प्रयोगकर्ताले मात्र ५०० रुपैयाँको न्यून शुल्कमा आफ्नो पुरानो राउटरलाई नयाँ वाइफाइ ६ ओएनयूमा परिवर्तन गर्न सक्नेछन् । यस सहुलियतले नयाँ पुस्ताको इन्टरनेट प्रविधिमा पहुँच बनाउन सबैलाई सहज हुने कम्पनीको विश्वास छ ।

४के भिडियो स्ट्रिमिङदेखि बिना रोकावटको अनलाइन गेमसम्म, आधुनिक घरका हरेक मागलाई भायानेट वाइफाइ ६ ले सहजै पुरा गर्ने सामर्थ्य राख्ने कम्पनीको दाबी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?