यूएईमा ड्रोनको अवशेष खस्दा घाइते भएका ७ मध्ये ६ जना नेपाली डिस्चार्ज, एक जना अस्पतालमै

लोकपथ
56
Shares

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा ड्रोनको भग्नावशेष खस्दा घाइते भएका सात नेपालीमध्ये ६ जनालाई उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

युएईस्थित नेपाली दूतावासले घाइतेहरूसँग सम्पर्क गरी उनीहरूको अवस्था बारे जानकारी लिएको जनाएको छ ।

यस दुर्घटनामा ७ जना नेपालीसहित कुल १२ जना घाइते भएका थिए, जसमा ५ जना भारतीय नागरिक पनि छन् ।

अत्याधुनिक युएई वायु रक्षा प्रणालीले इरानले प्रहार गरेको ड्रोनलाई क्षेप्यास्त्रमार्फत अवरोध गर्दा अबुधाबीको अजबान क्षेत्रमा भग्नावशेष खसेको थियो ।

दूतावासले घाइतेहरूको उपचारमा सहयोग जारी राख्ने र उनीहरूको सुरक्षा सुनिश्चित गर्नका लागि स्थानीय निकायसँग समन्वय गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?