इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

लोकपथ
49
Shares

काठमाडौं । इन्डोनेसियामा आज बिहान शक्तिशाली भूकम्प गएको छ । ७.४ म्याग्निच्युडको उक्त भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार सुरुमा भूकम्पको तीव्रता ७.८ मापन गरिएको थियो । भूकम्प स्थानीय समयअनुसार बिहान ६:४८ मिनेटमा मुलुक्का समुद्र क्षेत्रमा गएको हो ।

भूकम्पको केन्द्र टर्नेट सहरबाट करिब १२० किलोमिटर टाढा रहेको बताइएको छ । टर्नेट सहर सानो तर घना जनसंख्या भएको टापु हो, जहाँ दुई लाखभन्दा बढी मानिस बसोबास गर्छन् ।

सुनामी चेतावनी प्रणालीले भूकम्पको केन्द्रबाट एक हजार किलोमिटर भित्र पर्ने तटीय क्षेत्रमा असर पर्न सक्ने जनाएको छ । यसमा इन्डोनेसिया, फिलिपिन्स र मलेसियाका तटीय क्षेत्रहरू समावेश छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?