पूर्वी भारतमा भागदौड हुँदा ८ जनाको मृत्यु, १० जना घाइते

लोकपथ
42
Shares

काठमाडौं । भारतको पूर्वी राज्य बिहार मा रहेको एक मन्दिरमा मंगलबार भागदौड मच्चिँदा आठ महिलाको मृत्यु भएको छ भने करिब १० जना घाइते भएका छन् ।

स्थानीय प्रहरीका अनुसार नालन्दा जिल्ला को दीपनगर क्षेत्रमा रहेको शीतला मन्दिर मा बिहान करिब १० बजेतिर उक्त घटना भएको हो ।

भागदौडमा घाइते भएकाहरूलाई तत्काल नजिकका अस्पतालमा उपचारका लागि लगिएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा घाइते महिलाहरूलाई उद्धार गरी अस्पताल पुर्‍याउँदै गरेको दृश्य देखिन्छ ।

प्रहरीका अनुसार केही घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतक संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ । घटनाको कारण खुल्न बाँकी रहेको र छानबिनका लागि अनुसन्धान सुरु गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?