दुबईमा कुवेती तेल ट्यांकरमाथि ड्रोन आक्रमण, आगो नियन्त्रणकाे प्रयास जारी

लोकपथ
343
Shares

काठमाडौं । दुबईमा ठूलो तेल ट्यांकरमाथि आक्रमण भएको छ । कुवेतको ‘अल–सल्मी’ नामको ट्यांकर दुबई बन्दरगाह नजिकै रहेको बेला ड्रोनमार्फत आक्रमण गरिएको हो ।

कुवेतको सरकारी समाचार एजेन्सी ‘कुना’का अनुसार आक्रमणपछि ट्यांकरमा आगलागी भएको देखिएको छ र जहाजमा क्षति पुगेको छ । त्यतिबेला ट्यांकर कच्चा तेलले भरिएको थियो, जसले गर्दा समुद्रमा तेल चुहिने जोखिम बढेको छ ।

दुबईका आपतकालीन टोलीहरूले आगो निभाउने प्रयास गरिरहेको अधिकारीहरूले जनाएका छन् ।

यो घटना हाल खाडी क्षेत्रमा बढ्दो तनावसँग जोडिएको छ, जहाँ व्यापारिक जहाजहरूमा आक्रमणका घटना बढिरहेका छन् ।

यस घटनाको असर अन्तर्राष्ट्रिय बजारमा पनि परेको छ । अमेरिकी कच्चा तेलको मूल्य (डब्ल्यूटीआई) ३.४ प्रतिशतले बढेर प्रति ब्यारेल १०६ डलरभन्दा माथि पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?