प्रधानमन्त्री बन्नुअघि बालेनको गीत सुपरहिट, २४ घण्टामै सर्वाधिक हेरिएको रेकर्ड

लोकपथ
259
Shares

काठमाडौं । बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्रीको शपथको पूर्वसन्ध्यामा सार्वजनिक गरेको गीत ‘जय महाकाली’ले युट्युबमा नयाँ कीर्तिमान कायम गरेको छ ।

बिहीबार बेलुका युट्युबमार्फत सार्वजनिक गरिएको उक्त गीतले २४ घण्टाभित्रै सबैभन्दा धेरै हेरिने नेपाली गीतको रेकर्ड बनाएको हो । 

छोटो समयमै दर्शकको उच्च आकर्षण पाएको ‘जय महाकाली’ अहिले सामाजिक सञ्जालमा व्यापक चर्चामा रहेको छ ।

प्रधानमन्त्रीको शपथ अघि सार्वजनिक गरिएको यो गीतलाई बालेनको राजनीतिक र सांस्कृतिक सन्देशसँग जोडेर समेत हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?