काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावका बीच अमेरिका इरानसँग वार्ता अघि बढाउने तयारीमा सक्रिय देखिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग संवादका लागि उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोलाई जिम्मेवारी दिएका छन् । उनले उपराष्ट्रपति र विदेशमन्त्रीले वार्ताको नेतृत्व गरिरहेको बताएका छन् ।
अमेरिका र इरानबीचको तनावले विश्वव्यापी प्रभाव पार्न थालेपछि त्यसलाई न्यून गर्न वासिङ्टन कूटनीतिक पहलमा जुटेको हो । ट्रम्पले इरानसँग सम्झौता हुने आशा व्यक्त गरेका छन् ।
यसैबीच, इरानी स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले तेहरान पनि युद्ध अन्त्यका लागि अमेरिकाबाट आउने ‘दिगो प्रस्ताव’ सुन्न इच्छुक रहेको जनाएको छ ।
हाल जारी तनावलाई कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रयास दुवै पक्षबाट भइरहेको संकेत देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया