काठमाडौं । दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा तीन लेबनानी सैनिकसहित कम्तीमा १६ जनाको मृत्यु भएको छ ।
सिडोन जिल्लाको अरब अल–जाल सहरमा आक्रमणपछि स्थानीय बासिन्दाले ध्वस्त आवासीय भवनका भग्नावशेष हटाउने प्रयास गरेका थिए । लेबनानी आधिकारिक स्रोतहरूका अनुसार आक्रमणमा अन्य धेरै व्यक्ति घाइते भएका छन् ।
यो घटना पछिल्लो समय दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा बढ्दै गएको तनावकै एक हिस्सा भएको जनाइएको छ ।
उता लेबनानस्थित हिजबुल्लाह समूहले खियाम नजिकै इजरायली सेनाको जमघटलाई लक्षित गर्दै रकेट प्रहार गरेको दाबी गरेको छ । साथै, उत्तरी इजरायलको नहारियामा भारी गोलाबारी र मारौन अल–रास क्षेत्रमा ड्रोन आक्रमणसमेत गरिएको जनाएको छ ।
क्षेत्रीय तनाव बढ्दै जाँदा थप द्वन्द्व चर्किने चिन्ता बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया