भारतमा इलेक्ट्रिक कार चार्जिङमा राख्दा विस्फोट : सात जनाको मृत्यु, तीन जना घाइते

लोकपथ
133
Shares

काठमाडौं । भारतको मध्यप्रदेश राज्यमा पर्ने इन्दौरमा इलेक्ट्रिक कार चार्ज भइरहेको बेला विद्युत् सर्ट भएर आगलागी हुँदा सात जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । 

भारतको इन्दौरस्थित बंगाली चौराहनजिकै रहेको कोलोनीमा आज बुधबार बिहान ४ बजे यो घटना भएको हो । यो घटना हुँदा अधिकांश मानिस आ–आफ्नो घरमा सुतिरहेका थिए ।

इन्दौरका पुलिस कमिसनर सन्तोषकुमार सिंहले बिहान करिब ४ बजे चार्जिङ प्वाइन्टमा सर्ट सर्किट हुँदा कारमा आगो लागेको र केही मिनेटमै आगो घरभित्र फैलिँदा ठूलो मानवीय क्षति भएको बताएका छन् । घरभित्र ठूलो संख्यामा ग्यास सिलिन्डर राखिएको र ग्यास सिलिन्डर विस्फोट हुँदा मानवीय क्षति बढी हुन गएको उनले बताए । 

घरभित्र राखिएका झन्डै १५ ग्यास सिलिन्डर आगोका कारण विस्फोट भएका बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?