ट्रम्पसँग असहमति जनाउँदै ‘जो केन्ट’ले दिए पदबाट राजीनामा

लोकपथ
154
Shares

 काठमाडौं । अमेरिकी राष्ट्रिय आतंकवाद विरोधी केन्द्रका निर्देशक जो केन्टले सामाजिक सञ्जालमार्फत आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन् । 

उनले इरानमा भइरहेको युद्धलाई आफ्नो नैतिक समर्थन गर्न नसक्ने उल्लेख गर्दै यस कदम उठाएको बताएका छन् ।

केन्टका अनुसार इरानले अमेरिकालाई कुनै तत्काल खतरा खडा गरेको छैन र यो युद्ध इजरायल र शक्तिशाली अमेरिकी लबीको दबाबका कारण सुरु भएको हो । 

राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लेखेको पत्रमा उनले भनेका छन्,‘ प्रशासनको सुरुमै उच्च पदस्थ इजरायली अधिकारी र अमेरिकी मिडियाले भ्रामक अभियान चलाएको छ ।

फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिका र इजरायलले इरानमा आक्रमण सुरु गरेदेखि कम्तीमा १३ अमेरिकी सैनिक मारिएका छन् । वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार १० जना गम्भीर घाइते छन् भने करिब २०० जना सामान्य घाइते भएका छन् ।

केन्टको राजीनामा डेमोक्र्याटिक सांसदहरू, व्यापारिक नेताहरू र ट्रम्पकै आफ्नै समर्थनकर्ता वर्गका केही समूहबाट भइरहेको तीव्र आलोचनाको बिच आएको हो । क्विनिपियाक युनिभर्सिटीको सर्वेक्षण अनुसार ५३ प्रतिशत मतदाताहरूले इरानविरुद्धको अमेरिकी सैन्य कारबाहीको विरोध गरेका छन्, जबकि ४० प्रतिशतले समर्थन गरेका छन्। यसमा स्पष्ट दलीय विभाजन देखिएको छ । ८९ प्रतिशत डेमोक्र्याट र ६० प्रतिशत स्वतन्त्र मतदाताहरू विरोधमा छन् भने ८५ प्रतिशत रिपब्लिकनले समर्थन गर्छन् ।

राजीनामा र सार्वजनिक असन्तुष्टिले ट्रम्प प्रशासनमाथि बढ्दो दबाबको संकेत गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?