सात देशले हर्मुज जलडमरु सुरक्षा सुनिश्चित गर्नुपर्छ : ट्रम्प

लोकपथ
413
Shares

 काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका करिब सात देशसँग हर्मुज जलडमरु हुँदै जाने तेलवहन पानीजहाजहरूको सुरक्षा सुनिश्चित गर्न बहुराष्ट्रिय गठबन्धनमा सामेल हुन आग्रह गरेका छन् ।

विश्वको करिब २० प्रतिशत तेल ओसारपसार हुने यो जलमार्गको सुरक्षा आवश्यक रहेको ट्रम्पले औँल्याएका हुन् । 

ह्वाइट हाउसले हाल वार्ता गरिरहेको ती देशहरूको नाम उनले सार्वजनिक गरेका छैनन्, तर ती देशहरू आफ्नो तेल आपूर्तिमा अत्यधिक निर्भर रहेको उल्लेख गरेका छन् ।

सोही दिन फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा ट्रम्पले नेटो सदस्य राष्ट्रहरूलाई हर्मुज जलडमरु खुला राख्न युद्ध पोत पठाउनुपर्ने आवश्यकता औँल्याएका छन् । अमेरिकी अधिकारीहरूको उद्धरणमा वाल स्ट्रिट जर्नलले उल्लेख गरेअनुसार, ह्वाइट हाउसले यसै साता बहुराष्ट्रिय गठबन्धनको घोषणा गर्ने योजना बनाएको छ ।

यसैबीच, इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले बिहीबार आफ्नो पहिलो सन्देशमा हर्मुज जलडमरु निरन्तर बन्द राख्न आह्वान गर्दै अमेरिका र इजरायलविरुद्ध नयाँ मोर्चा खोल्ने वाचा पनि गरेका छन् ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको ठुलो आक्रमणपछि विश्वव्यापी पानीजहाज आवागमन अवरुद्ध भएको थियो, जसले तेल मूल्य आकाशिएको र विश्व अर्थतन्त्र डगमगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?