अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण, ४ सय जनाको मृत्यु

लोकपथ
343
Shares

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा रहेको लागुऔषध उपचार गर्ने अस्पतालमा हवाई आक्रमण हुँदा कम्तीमा ४०० जनाको मृत्यु भएको छ भने २५० जना घाइते भएका छन् ।

अफगानिस्तानले यो आक्रमण पाकिस्तानले गरेको आरोप लगाएको छ । अफगान सरकारी उप–प्रवक्ता हमदुल्लाह फित्रतका अनुसार स्थानीय समयअनुसार राति करिब ९ बजे भएको आक्रमणले दुई हजार बेड क्षमताको अस्पतालका ठूला भाग ध्वस्त बनाएको छ । उद्धार टोलीहरूले आगो निभाउन र हताहतहरूको उद्धारमा काम गरिरहेका छन् ।

यो आक्रमण दुई छिमेकी देशबिचको लामो द्वन्द्वको भाग हो । सीमामा भएको गोली हानाहान पछि अफगानिस्तानमा चारजनाको मृत्यु भएको केही घण्टामा यो घटना भएको हो ।

अफगान सरकारी प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानलाई अस्पताल र अन्य नागरिक क्षेत्रलाई निशाना बनाएको आरोप लगाउँदै यसलाई मानवता विरुद्धको अपराध भनेका छन् ।

पाकिस्तानले आक्रमणमा अफगानिस्तानमा रहेका आतंकवादी समूह र सैन्य पूर्वाधार मात्र लक्षित गरिएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?