अमेरिकी सेनाका लागि हवाई क्षेत्र उपलब्ध गराउन स्विट्जरल्यान्डद्वारा अस्वीकार

लोकपथ
210
Shares

काठमाडौं । अमेरिकाले आफ्ना सेनाका लागि हवाई क्षेत्र उपलब्ध गराउन गरेको अनुरोध स्विट्जरल्यान्डले अस्वीकार गरेको छ । अमेरिकाको यो माग इरानमा युद्ध गर्नका लागि लक्षित भएको भन्दै स्विस सरकारले अस्वीकार गरेको हो । 

आफ्नो ‘तटस्थता कानुन’का आधारमा यो निर्णय गरिएको पनि स्विट्जरल्यान्डले विज्ञप्तिमार्फत नै जनाएको छ ।  

विज्ञप्तिमा भनिएको छ, ‘जुन कानुनले द्वन्द्वरत पक्षलाई सैन्य उद्देश्य पूरा गर्न ओभरफ्लाइट (हवाई क्षेत्रको प्रयोग) को अनुमति दिँदैन ।’

यद्यपि तीन अन्य उडानका लागि भने आफ्नो हवाई क्षेत्र प्रयोग गर्न दिइएको पनि स्विस सरकारले जनाएको छ । 

यतिबेला मध्यपूर्वमा द्वन्द्व जारी छ । अमेरिका–इजरायलले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायतको हत्या गरेयता युद्ध जारी छ । त्यसको जवाफमा इरानले इजरायल र अमेरिकी अड्डा रहेका खाडीका देशमा ड्रोन÷क्षेप्यास्त्र प्रहार गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?