इराकमा अमेरिकी दूतावासमाथि मिसाइल प्रहार, नागरिकलाई तुरुन्त देश छोड्न आग्रह

लोकपथ
84
Shares

काठमाडौं । इराकस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई तुरुन्त इराक छाड्न आग्रह गरेको छ ।

शनिबार बिहान इराकको बगदादस्थित अमेरिकी दूतावासको भवनमा मिसाइल प्रहार भएको थियो । त्यसपछि दूतावासले इराकमा रहेका आफ्ना नागरिकहरूलाई तुरुन्त देश छोड्न चेतावनी दिएको हो ।

अमेरिकी दूतावासले त्यहीँ बस्ने सोच बनाइरहेका जो कोहीलाई पनि आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ । ‘इरान र उसका सहयोगी आतंकवादी मिलिसियाहरूले इराकमा सार्वजनिक सुरक्षाका लागि ठूलो खतरा खडा गरेका छन् । अमेरिकी नागरिक, अमेरिकी हित र महत्त्वपूर्ण पूर्वाधारविरुद्ध आक्रमणहरू भएका छन्, ‘दूतावासले एक्समा लेखेको छ ।

शनिबार दूतावासको भवनमा भएको आक्रमणपछि बाक्लो धुवाँ उठिरहेको एक भिडियोमा देखिएको थियो । ‘इराकी हवाई क्षेत्रमा रकेट, ड्रोन र मोर्टारको निरन्तर जोखिमका कारण बगदादस्थित दूतावास वा अर्बिलस्थित महावाणिज्य दूतावासमा आउने प्रयास नगर्नुहोस्, ‘दूतावासले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?