अमेरिकी र इजरायली आक्रमणमा मारिएका वरिष्ठ सैन्य कमाण्डरहरूको इरानमा अन्त्येष्टि

लोकपथ
42
Shares

काठमाडौं । तेहरानको एङ्गेलाब स्क्वायरमा संयुक्त अमेरिकी–इजरायली आक्रमणमा मारिएका वरिष्ठ इरानी सैन्य कमाण्डर र नागरिकहरूको अन्त्येष्टि जुलुसका लागि हजारौँ मानिसहरू भेला भएका छन् ।

उक्त कार्यक्रममा सहभागीहरूले इरानको राष्ट्रिय झण्डा फहराए र नयाँ सर्वोच्च नेता मोज्ताबा खामेनी र दिवंगत अली खामेनीका तस्बिर बोकेका थिए । सहभागीहरूले नयाँ नेताप्रति वफादारीको शपथ खाँदै, समर्थन पुनः पुष्टि गर्दै र अमेरिकी तथा इजरायली आक्रमणको निन्दा गर्दै नारा लगाएका थिए ।

जुलुसमा इरानी उच्च पदस्थ अधिकारीहरू पनि उपस्थित थिए । इरानी सशस्त्र बलका चीफ अफ स्टाफ अब्दोलरहिम मौसावी, इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सका प्रमुख कमाण्डर मोहम्मद पाकपुर, रक्षा परिषद्का सचिव अली शामखानी र रक्षामन्त्री अजिज नासिरजादेह लगायतका सैन्य कमाण्डरहरूको शव एङ्गेलाब स्क्वायरबाट दक्षिण तेहरानमा रहेको उनीहरूको चिहानमा लगिएको अर्ध–आधिकारिक तस्निम समाचार एजेन्सीले जनाएको छ ।

फेब्रुअरी २८ मा, इजरायल र संयुक्त राज्य अमेरिकाले तेहरान र अन्य इरानी सहरहरूमा संयुक्त आक्रमण गरेका थिए । जसमा तत्कालीन सर्वोच्च नेता अली खामेनीसहित वरिष्ठ सैन्य कमाण्डर र नागरिकहरू मारिएका थिए । इरानले यस आक्रमणको जवाफ स्वरूप मध्यपूर्वमा अमेरिकी र इजरायली सम्पत्तिमा मिसाइल तथा ड्रोन आक्रमणको लहर सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?