अमेरिकाद्वारा इरानका जहाजहरूमाथि आक्रमण, कम्तीमा १६ वटा जहाज ध्वस्त

लोकपथ
119
Shares

काठमाडौं । अमेरिकी सेन्ट्रल कमाण्डले होर्मुज जलडमरूमध्य नजिकै इरानी माइन बिछ्याउने १६ वटा जहाजमाथि आक्रमण गरेको जनाएको छ । 

अमेरिकी सेनाका अनुसार यो आक्रमणमा ९ वटा जहाजहरूमा हतियार प्रहार गरिएको थियो, जसमा धेरैजसो जहाज किनारमा बाँधिएका थिए ।

यो आक्रमण फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेका भीषण हमलापछि आएको हो । आक्रमणपछि इरानले पानीमा नौसेनाका माइनहरू बिछ्याएको थियो कि थिएन भन्ने कुरा तत्काल स्पष्ट हुन सकेको छैन ।

इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका नौसेना कमाण्डर अलिरेजा तांगसिरीले होर्मुज जलडमरूमध्य हुँदै जाने अमेरिका र यसको सहयोगी देशहरूको फ्लीट रोक्न इरानले मिसाइल र पनडुब्बीको प्रयोग गर्ने बताएका छन् ।

हालै जलडमरूमध्यमा भएको समुन्द्री यातायातमा अवरोधले ऊर्जा बजार, समुद्री यातायात र विश्वव्यापी आपूर्ति श्रृंखलामा असर पर्ने सम्भावनाबारे संयुक्त राष्ट्रसंघीय व्यापार तथा विकासले चिन्ता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?